नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सर्वसम्मत नेतृत्व चयन हुने बताएकाछन् । बिहीवार काठमाडौंस्थित एक होटलमा पार्टीका शिर्ष तहका नेताहरुसँग छलफल गरेपछि उनले यस्तो प्रतिक्रिया दिएकाहुन । पार्टीको महाधिवेशनमा महासचिव घनश्याम भुषालले अध्यक्षमा दाबी गरेका थिए । वार्तापछि सहमतिबाटै नेतृत्व टुंगो लाग्ने निस्कर्षमा पुगेको अध्यक्ष नेपालले बताए ।
उनकाअनुसार छलफल चलिरहेको छ । सर्वसम्मत नेतृत्व चयन हुन्छ । पहिलो महाधिवेशन हुँदैछ, दोहोरिने होइन ।’ अध्यक्ष नेपालले महाधिवेशन पार्टीको पहिलो भएकाले अध्यक्षमा दोहोरिने नभइ नयाँ नेतृत्व चयन हुने बताए ।






