काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नहरूको जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका जनसरोकारका गम्भीर तथा महत्वपूर्ण विषयमा सरकारको जवाफ आवश्यक रहेको उल्लेख गर्दै आवश्यक जानकारी सदनमा प्रस्तुत गर्न निर्देशन दिएका हुन् ।

सभामुख अर्यालले सम्भावित प्राकृतिक विपद् व्यवस्थापनको पूर्वतयारीबारे पनि सदनलाई जानकारी गराउन सरकारलाई आग्रह गरेका छन् । सांसदहरूले विभिन्न समयमा सदनमार्फत उठाउँदै आएका समसामयिक विषयप्रति सरकारले जिम्मेवार रूपमा जवाफ दिनुपर्नेमा सभामुख अर्यालको जोड छ ।

मनसुनजन्य जोखिमको समय नजिकिँदै जाँदा हुनसक्ने क्षति न्यूनीकरणका लागि सरकारले गरिरहेको तयारी र भावी योजनाबारे संसदलाई अवगत गराउनुपर्नेमा पनि सभामुखले जोड दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय