काठमाडौं । कोसी प्रदेशका सांसद चढेको गाडी दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले चलाएको बा५च ३५२० नम्बरको कारसँग प्रदेश सभा सदस्यहरू चढेको गाडी ठोक्किएको हो ।
गाडीमा सवार सांसदहरूको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।



गाडीमा प्रदेशसभा सदस्यहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ सवार रहेको बताइएको छ ।
सांसदहरू कोसी प्रदेशसभाको बैठकमा सहभागी हुन विराटनगर जाँदै थिए ।



