लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माको घरमा ६ वर्षदेखि काम गरिरहेको एक नाबालिकाले आफूमाथि कुटपिट हुने गरेको भन्दै उजुरी गरेको थियो। बालिकाको अवस्था दयनीय भेटिएपछि काठमाडौ महानगरपालिकाको कार्यदलले ती बालिकालाई उद्दार गरेर संरक्षण गृहमा राखेको थियो।

यसै घटनामा, जिल्ला सरकारी वकिलको कार्यालयले सांसद शर्माका विरुद्ध मुद्दा नचलाउने तयारी गरिरहेको जानकारी प्राप्त भएको छ। यसबारे काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिक्रिया व्यक्त गर्दै भनेका छन्, “सरी नानु, तिम्रा पिडककाविरूद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले। नआत्तिनु। समय आउनेछ।” उनले थप भने, “यस्तै विभेद, अपराध मास्न अनि ती कुकर्म गर्नेहरूलाई तहलगाउन तिमी र तिमी जस्तै धेरै नानीबाबुले पढ्न पर्छ। समाज बुझ्नपर्छ।”

यस घटनाले बालश्रम र बाल अधिकारको क्षेत्रमा अझै सुधारको आवश्यकता रहेको कुरा उजागर गरेको छ, र मेयर शाहले यसबारे शिक्षा र चेतना फैलाउने महत्त्वमा जोड दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय