काठमाडौं । १४औं संस्करणको साफ च्याम्पियनसीपको उद्घाटन खेलमा नेपालले कुवेतको सामना गर्दैछ । भारतको बैङ्लुरुस्थित श्री कान्तिराभा रंगशालामा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने चार बजेदेखि सुरु हुनेछ ।

दुई आमन्त्रित र साफका ६ राष्ट्र गरी ८ टोलीले च्याम्पियनसीपमा सहभागीता जनाउने छन् । फिफाको वरियतामा नेपाल १७४औं स्थानमा छ भने कुवेत १४३औं स्थानमा छ । कुवेत वरियताको आधारमा हेर्ने हो भने नेपाल भन्दा बलियो देखिन्छ । कुवेतले दश पटक अरेवियन गल्प कप जितिसकेको छ भने दश पटक एसियन कप समेत खेलिसकेको छ । साथै एक पटक विश्वकप समेत खेलेको छ ।

कुवेत र नेपालले अहिलेसम्म ९ खेल खेलेका छन् । नेपालले १ खेल मात्र बराबरीमा रोकेको छ भने बाँकी ८ खेल हारेको छ । नेपाल र कुवेतसँगै समूह ए मा आयोजक भारत र पाकिस्तान रहेको छ । पाकिस्तान र भारतबीचको दोस्रो खेल राति पौने ८ बजे हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय