काठमाडौं । साफ महिला च्याम्पियनसीप २०२४ अन्तरगत नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग सामना गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ साढे ५ बजे हुनेछ । घरेलु मैदानमा नेपाल जीतसहित प्रतियोगिताको सुरुवात गर्न चाहन्छ ।
तुलनात्मकरुपमा साविक उपविजेता नेपाल, भुटानभन्दा बलियो छ । यस प्रतियोगिताका लागि नेपाली टोलीले ३ साता अभ्यास गरेको थियो । चयाम्पियनसीपमा अहिलेसम्म त्यति राम्रो प्रदर्शन गर्न नसकेको भुटानले यो पटक भने लामो तयारी गरेको छ । पछिल्ला ६ मध्ये पाँच संस्करणको उपविजेता नेपालले च्याम्यिनसीप भने जित्न सकेको छैन । प्रतियोगितामा सबैभन्दा कमजोर प्रदर्शन गर्दै आएको भुटानले गत संस्करण पहिलो जीत हात पार्दै सेमीफाइनलसम्म पुगेको थियो ।



आजै हुने पहिलो खेलमा श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल दिउँसो साढे १ बजे हुनेछ । हिजो भएको उद्घाटन खेलमा भारतले पाकिस्तानलाई ५–२ गोलअन्तरले पराजित गरेको थियो ।



