काठमाडौं । साफ महिला च्याम्पियनसीप अन्तरगत नेपालले पाँचौं पटकको पदक विजेता भारतविरुद्ध आज खेल्दैछ । खेल आज राति साढे ६ बजे दशरथ रंगशालामा हुनेछ ।

घरेलु टिम नेपाल र भारत लगातार दोस्रो पटक सेमीफाइनलमा भिड्न लागेका हुन् । पछिल्ला संस्करणमा नेपालले भारतलाई हराएर साफ महिला च्याम्पियनसीपको फाइनल खेलेको थियो । जुन भारतविरुद्ध नेपालको पहिलो जित थियो ।

आज हुने खेलमा भारतलाई लगातार दोस्रो पटक हराउने लक्ष्यका साथ नेपाल मैदानमा उत्रदै छ । पछिल्ला तीन खेलमा भारतसँग नेपाल हारेको छैन । नेपाल र भारतबीच भएका कुल १७ भिडन्तमा भारतले ११ र नेपालले दुई खेलमा जित हात पारेको छ । साफमै पनि चार पटक फाइनल र एक पटक सेमीफाइनलमा नेपाल भारतसँग पराजित भएको छ ।

आजै हुने पहिलो सेमीफाइनलमा गत विजेता बङ्गलादेश र भुटानबीच प्रतिस्पर्धा हुनेछ । यो खेल दिउँसो साढे एक बजे दशरथ रंगशालामै हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय