ललितपुर । साफ महिला च्याम्पियनसीप फुटबलको सातौँ संस्करण आजबाट सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तान र भारत भिड्दै छन् ।
समूह ए मा रहेका यी दुई टोलीबीचको खेल आज साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । समूह ए मा भारत र पाकिस्तानसँगै बंगलादेश पनि छ ।



समूह बि मा रहेको नेपालले भने आफ्नो पहिलो खेलमा शुक्रबार साँझ भुटानसँग प्रतिस्पर्धा गर्दैछ । समूह बि मा श्रीलंका, माल्दिभ्स र भुटान रहेको छ ।



