काठमाडौं । साफ यू–२० च्याम्पियनसीपमा बंगलादेशले टाइब्रेकरमा ४–३ गोलअन्तरले भारतलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।
सातदोबाटोस्थित एन्फाको मैदानमा भएको दोस्रो सेमीफाइनल खेलमा निर्धारित समयमा बंगलादेश र भारत दुबैले १–१ गोल गरेपछि बराबरीमा टुंगिएको थियो । बराबरीमा सकिएपछि खेल टाइब्रेकरबाट विजेताको टुंगो लगाइएको थियो । टाइब्रेकरमा भारतका खेलाडीले हानेको बल किपरले २ पटक छेकिदिएपछि बंगलादेश फाइनलमा पुगेको हो ।



बुधबार हुने फाइनल खेलमा नेपालले बंगलादेशको सामना गर्ने छ । फाइनल खेल दशरथ रंगशालामा हुनेछ ।



