काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सामाजिक तथा धार्मिक सद्भाव कायम राख्ने उद्देश्यले विभिन्न धार्मिक अगुवासँग छलफल गरेका छन्। सभापति लामिछानेले शुक्रबार पार्टीको संसदीय दलको कार्यालयमा मुस्लिम समुदायका धार्मिक अगुवा मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग भेटवार्ता गरेका हुन्। त्यसैगरी उनले विश्व हिन्दु महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज फुयालसँग पनि संयुक्त छलफल गरेका छन्।

छलफलका क्रममा देशका विभिन्न स्थानमा देखिएका प्रदर्शन र असहज अवस्थाबारे कुराकानी भएको जनाइएको छ। विशेषगरी सुनसरी, सिराहा लगायतका जिल्लामा भइरहेका गतिविधिले सामाजिक सद्भावमा असर नपरोस् भन्ने विषयमा छलफल केन्द्रित रहेको थियो।

रास्वपाका सभापति लामिछानेले धार्मिक अगुवाहरूलाई आपसी सद्भाव, शान्ति र सहिष्णुता कायम राख्न पहल गर्न आग्रह गरेका छन्। उनले सबै समुदायबीच विश्वास र एकता कायम राख्नु अहिलेको आवश्यकता भएको बताउँदै शान्तिपूर्ण वातावरण निर्माणका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन्।

धार्मिक अगुवाहरूले पनि सामाजिक सद्भाव कायम राख्न संवाद र सहकार्य आवश्यक रहेको धारणा राखेका थिए। पछिल्ला घटनाक्रमपछि विभिन्न समुदायबीच आपसी समझदारी र सहिष्णुता बढाउन यस्ता छलफललाई सकारात्मक रूपमा हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय