विराटनगर । मोरङको जहदा गाउँपालिका घर भएकी २२ वर्षीय महिलामाथि सामूहिक बलात्कार आरोपमा तीन जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले बलात्कार आरोपमा संलग्न तीन जनालाई सार्वजनिक गरेको हो ।
भारतीय नागरिक अररीया कुशाकट्टा बस्ने महम्द गुलजार, मोरङ कटहरी गाउँपालिका–२ का १९ वर्षीय मोहम्मद रमजान सोही स्थानका १९ वर्षीय सोनुकुमार साह रहेका छन् । कटहरी २ मा हातखुट्टा बाँधेको र मुखमा सल कोचेको अवस्थामा अर्धचेत फेला परेकी महिलाको मंगलबार दिउँसो उद्धार गरेर कोशी अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले पराल लिन गएकी महिलाले हातखुट्टा बाँधेको अवस्थामा महिलालाई भेटेपछि प्रहरीलाई जानकारी दिएका थिए ।



स्थानीयको सहयोगमा प्रहरीले महिलाको उद्धार गरी कोशी अस्पताल भर्ना गरिएको छ ।
प्रहरीले घरबाट बाहिर निस्किएकी महिलालाई तीन जनाको समूहले सिटी सफारीमा राखी कटहरी–२ स्थित बाँसझ्याङमा लगेर हातखुट्टा बाँधी जबरजस्ती करणी गरेको खुलेको छ ।



