सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ पाँचकिलो स्थित जिरी–खाडिचौर सडकखण्डमा बस दुर्घटना हुँदा ३ जना नाबालकसहित २० जना घाइते भएका छन्। रामेछापबाट चरिकोट हुँदै काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख २५२१ नम्बरको बस अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर मंगलबार साँझ करिब ४ः२५ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनाको खबर पाएपछि प्रहरी चौकी लामोसाँघुबाट प्रहरी नायब निरीक्षक अशोक महतोको कमाण्डमा ७ जना ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको थियो। उद्धारपछि सबै घाइतेलाई उपचारका लागि सिन्धु सदाबहार अस्पताल खाडिचौर पठाइएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका , सूचना अधिकारी प्रहरी नायव उपरीक्षक माधवराज खरेललेसबै घाइतेहरूको अवस्था सामान्य रहेको जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय