काठमाडौं । निरन्तर वर्षाका कारण सिन्धुली जिल्लाका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । असोज १८ गते साँझदेखि परेको अविरल वर्षाका कारण सुनकोशी, फिक्कल, गोलन्जोर, हरिहरपुरगढी र कमलामाई क्षेत्रमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बि.पी. राजमार्ग अन्तर्गत सुनकोशी गाउँपालिका–१ गजुली दह र कानढुङग्रे क्षेत्रमा माथिबाट पहिरो खस्दा सडक अवरुद्ध भई जोखिमपूर्ण रुपमा एकतर्फी सञ्चालन भइरहेको छ । नेपालथोक क्षेत्रमा रोशी खोलाले करिब २५० मिटर सडक बगाएको छ ।

यस्तै मध्यपहाडी लोकमार्ग अन्तर्गत फिक्कल गाउँपालिका–६ नागस्थान र गोलन्जोर गाउँपालिका–६ अक्करे भिर क्षेत्रमा पहिरोका कारण सडक दुबै तर्फी बन्द भएको छ । खुर्कोटस्थित यान्त्रिक कार्यालयको लोडरले अवरोध पन्छाउने कार्य सुरु गरेको र अक्करे भिरदेखि खाङसाङसम्मको खण्डमा मर्मत कार्य चलिरहेको जनाएको छ ।

साथै मदन भण्डारी राजमार्ग अन्तर्गत मरिण गाउँपालिका–२ सिन्दुरे दोभानमा पहिरो गई सडक अवरुद्ध भएको छ । प्रहरी निरीक्षकको समन्वयमा दुई वटा व्ऋद्य प्रयोग गरी पहिरो पन्छाउने कार्य जारी रहेको छ ।

यसैगरी हरिहरपुरगढी गाउँपालिका–४ हाकपारामा पहिरोका कारण सडक अवरुद्ध भए पनि हाल एकतर्फी सञ्चालनमा आएको छ ।

कमलामाई नगरपालिका–८ हर्दियामा खोला र पहिरोका कारण सडक बन्द भए पनि स्थानीयको सहयोगमा तीन वटा व्ऋद्य प्रयोग गरी अवरोध पन्छाइ सडक सुचारु गरिएको छ ।

प्रहरीका अनुसार निरन्तर वर्षाले सडकमा जोखिम अझै कायम रहेको र यात्रु तथा सवारी चालकहरूलाई सतर्क रहन आग्रह गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय