काठमाडौं । बारा जिल्लामा एमाले नेता शंकर पोखरेल र महेश बस्नेत आउने सूचना सार्वजनिक भएपछि सिमरा विमानस्थल आसपासमा युवाहरूले प्रदर्शन गरेका छन् । स्थिति क्रमशः तनावपूर्ण बन्दै गएपछि प्रशासनले सुरक्षाको जोखिम बढेको भन्दै विमानस्थल क्षेत्र वरपर बेलुका ८ बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ । गण्डक नहरदेखि पथलैया सडकको दायाँ–बायाँ ५ सय मिटर क्षेत्र र सिमरा विमानस्थल वरपर ५ सय मिटर क्षेत्रमा कर्फ्यू लागू गरिएको जिल्ला प्रशासन कार्यालयको आदेशमा उल्लेख छ ।

यसैबीच, सिमरा विमानस्थल क्षेत्रमा तनाव बढेसँगै आजका लागि निर्धारित सबै उडानहरू रद्द गरिएको छ । बुद्ध एयरले दैनिक ५ उडान गर्दै आइरहेको थियो । आज एक मात्र उडान भएको थियो । दोस्रो उडानमा एमालेका नेताहरूसहित जाने तय भएको थियो । सो जहाज धावनमार्ग नपुग्दै फर्काइएको छ । बारामा कर्फ्यू आदेश जारीभएपछि आजका लागि निर्धारित उडानहरू रद्द गरिएको काठमाडौं विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय