आगामी निर्वाचनमा देशका हरेक तहमा ५१ प्रतिशत जनताको मत हासिल गर्नेगरी नेकपा एमालेका नेता कार्यकर्ता अगाडी बढ्नुपर्नेे नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । नेकपा एमाले लुम्बिनी प्रदेशले नेपालगन्जमा आयोजना गरेको लुम्बिनी प्रदेशबाट निर्वाचित जनप्रतिनिधिहरूको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा देशका सबै तहमा अबको मिसन ५१ प्रतिशत मत परिणाम नेकपा एमालेको पक्षमा आउनेगरि जुट्नु पर्नेमा जोड दिएका हुन् ।

उनले जनप्रतिनिधिमा अहंकार र घमण्ड होईन शालिनता हुनुपर्ने भन्दै सार्वजनिक सम्पत्तिको रक्षा गर्दै जनताको सेवामा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । देश र जनता प्रति नीति, योजना र कार्यक्रम बिहिन वर्तमान सरकारले सियो पनि नछिर्ने ठाउँबाट क्वीन्टलको परिमाणमा सुन सरकारको अनुमति बिना नछिर्ने अध्यक्ष ओलीले बताए । उनले सरकारको कुनै नैतिक जवाफदेही र जिम्मेवारी नभएकाले बिमान स्थलबाट सुन छिर्नु लापरवाही भएको बताएका छन् ।

सुशासन, शान्ति र भ्रष्टाचारका बिषयमा केही गर्न नसक्ने वर्तमान सरकारले दोष जति अर्कोतिर तेर्साएर उम्कन खोजेको भन्दै नेपाली काँगे्रस बुढो पार्टी भैसकेको र माओवादी पार्टीलाई जति सपार्न खोज्दापनि नसप्रीने र जवाफदेही पनि नहुने आरोप लगाए । नेकपा एमाले लुम्बिनी प्रदेशले नेपालगन्जमा आयोजना गरेको लुम्बिनी प्रदेशबाट निर्वाचित जनप्रतिनिधिहरूको प्रशिक्षण कार्यक्रम दुईदिन सम्म चल्ने छ ।

प्रशिक्षण कार्यक्रममा लुम्बिनी प्रदेशबाट संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित ७ सय ३ जनप्रतिनिधिहरुको सहभागिता रहेको छ । नेकपा एमाले प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी उपाध्यक्ष बिष्णु पौडेल, पार्टी सचिव एवम् लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले अबको बाटो जनप्रतिनिधिले जनताको काम सहज तरिकाले गरेर पार्टीलाई मजवुत बनाउनुपर्नेमा जोड दिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय