सिरहा जिल्ला अदालत अगाडि रहेको बार एशोसिएशन कार्यालयमा संकास्पद वस्तु विस्फोट हुँदा एक कर्मचारी घाइते भएका छन्। घाइते हुनेमा सिरहा नगरपालिका–१ निवासी सौरभ यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं डीएसपी रमेश बहादुर पालका अनुसार कार्यलयभित्र राखिएको संकास्पद वस्तु विस्फोट भएको हो । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।
प्रवक्ता पालका अनुसार प्रारम्भिक अनुसन्धानमा सुतली बम विस्फोट भएको हुनसक्ने आशंका गरिएको छ । उक्त वस्तु सुतली बम हो वा कुकर बम हो भन्ने विषयमा समेत प्रहरीले थप अनुसन्धान गरिरहेको बताउनु भयो । घटना कस्ले घटाए को हो ,कसरी घटयो भन्ने लागयतका विषयमा कार्यालय छेउछाउका सिसि टिभी क्यामाराहरु प्रहरिले चेक्जाच गरिरहेको छ ।






