काठमाडौ । जेनजीको आन्दोलनले अवरोध भएको बैंकिङ तथा डिजिटल भुक्तानी सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थालाई सूचित गरेको छ ।

राष्ट्रबैंकले आज एक सूचना जारी गर्दै सिमित कर्मचारीमार्फत सेवा सञ्चालन गर्न भनेको हो । राष्ट्रबैंकले अनुमतिप्राप्त बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानी प्रणालीसम्बन्धी कार्य गर्ने संस्थाले आफ्नो व्यवसायिक निरन्तरतालाई मध्यनजर गर्दै नेपाल सरकार रक्षा मन्त्रालय, नेपाली सेनाको २०८२-०५-२५ मा जारी विज्ञप्ती नं. १६ अनुसार आवतजावत हुने गरी सीमित कर्मचारीबाट आफ्ना संवेदनशील प्रणाली सञ्चालन गरी अत्यावश्यक बैकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचारु गर्न र अन्य प्रणालीको हकमा जोखिमको आधारमा सञ्चालन गर्ने व्यवस्था मिलाउन र उपलब्ध सेवासम्बन्धी सूचना आफ्नो तथा सामाजिक सञ्जालमार्फत् सर्वसाधारणलाई जानकारी गराउन पनि राष्ट्र बैंकले वित्तिय संस्थाहरुलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय