म्याग्दी । बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सीमानामा रहेको घोप्टेभिरमा सुक्खा पहिरो खसेपछि बिहानदेखि सवारी आवतजावतमा अवरुद्ध हुन पुगेको छ ।
अवरुद्ध सडक खुलाउन सडक विभागले पहल गरिरहेको सप्मा प्रहरी चौकी घाँसाले जनाएको छ । सडक अवरुद्ध हुँदा मुस्ताङ जिल्लाको सिधा यातायात सम्पर्क टुटेको छ । प्रतिकूल मौसमका कारण पोखरा–जोमसोम हवाई सेवा पनि बन्द छ । सडक अवरुद्ध हुँदा मुस्ताङ घुम्न जाने र फर्कने पर्यटक सडकमै अलपत्र परेका छन् ।



मुस्ताङतर्फ जानेहरू म्याग्दीको काभ्रे र मुस्ताङ हुँदै म्याग्दीतर्फ आउनेहरू घाँसा भन्ने ठाउँमा रोकिएका छन् ।



