सुदुरपश्चिमका मुख्यमन्त्री कमलवहादुर शाहले राजनीतिक सहमति र स्थायित्वको नेतृत्व गर्दै प्रदेश सरकारले काम गरिरहेको बताएका छन । सरकार गठनको एक सय दिन पुगेको अवसरमा आज पत्रकार सम्मेलन गर्दै उनले बजेट तर्जुमामा स्थानीय तहसँगको समन्वय, पर्यटन पूर्वाधार निर्माण, शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका क्षेत्रमा प्रदेश सरकारले उल्लेखनीय काम गरेको दाबी गरेका हुन । मुख्यमन्त्री भएको एक सय दिन पुगकै अबसरमा शाहले आजै मन्त्रिपरिषदलाई पुर्णता दिने तयारी गरेको जानकारी समेत दिए ।
तत्कालीन एमाले नेतृत्वको सरकार ढलेपछि माघ २६ मा कांग्रेस शाह मुख्यमन्त्री नियुक्त भएका थिए । आज उनले भागवण्डाअनुसार गठबन्धनमा आवद्ध दल नेकपा माओवादी केन्द्र २, नेपाली कांग्रेसले तीन र नागरिक उन्मुक्ति पार्टीले एक मन्त्रालय पाउने गरी सरकार विस्तारको तयारी गरेका हुन । नागरिक उन्मुक्ति पार्टीले भने दुई मन्त्रायल नपाए सरकारमा नजाने बताएको छ । सामाजिक विकास मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय आफूले पाउनुपर्ने माग उसको छ ।






