बझाङ । सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी बझाङमा दुर्घटना हुँदा दुई जनाको मृत्युभएको छ । मृत्यु हुनेमा मन्त्री सिंहकी पत्नी अमृता सिंह र उहाँकी भाउजु जयदेवी सिंह रहेका छन् ।
गम्भीर घाइते भएका मन्त्री सिंहलाई नेपाली सेनाको हेलिकोप्टरबाट नेपालगञ्ज लगिएको थियो । उहाँको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्युभएको सुदूपश्चिम प्रदेश प्रहरीले जनाएको छ । सिंहकी पत्नी र भाउजु जयदेवीको केदारस्युँ गाउँपालिकाको रायल प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्युभएको थियो । ०१००१ झ ४८० नम्बरको सुपप्र डडेलल्धुराबाट चैनपुर आउँदै गर्दा गाडी धारछाडा भन्ने ठाउँमा सडकबाट ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो ।



गम्भीर घाइते भएका गाडीचालक धर्मराज जोशी र मन्त्रीका पिएसओ प्रहरी सहायक हवल्दार दिपक भण्डारीको उपचार नेपालगञ्जमा भइरहेको छ ।



