सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, सभामुख भीम भण्डारी लगायतले आज प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन । प्रदेश सरकारको फागुन २३ र २४ गते गर्न लागेको लगानी एवं विकास सम्मेलनका विषयमा मुख्यमन्त्री शाह नेतृत्वको टोलीले संघीय सरकारलाई जानकारी गराएको हो ।

प्रधानमन्त्री दाहालसँग भेटेर लगानी एवं विकास सम्मेलनको लागि संघीय सरकारबाट पनि सहयोगको अपेक्षा प्रदेश सरकारले राखेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा उनीहरुले सुदूरपश्चिम प्रदेशमा लगानी भित्राउन पहल गर्न र लगानी एवं विकास सम्मेलनमा संघीय सरकारले सहयोग गर्न आग्रह गरेका हुन । जवाफमा प्रधानमन्त्री दाहालले तत्काल मन्त्रिपरिषद् बैठकबाट सुदूरपश्चिममा आयोजना हुने लगानी एवं विकास सम्मेलनमा सहयोग र समन्वयन गर्ने आश्वासन दिएका छन ।

सुदूरपश्चिम सरकारले उक्त सम्मेलनको प्रमुख अतिथिको लागि पनि प्रधानमन्त्रीलाई निम्ता दिएको छ । प्रधानमन्त्रीसँगै टोलीले अर्थमन्त्री प्रकाश शरण महतलाई समेत भेटेर लगानी एवं विकास सम्मेलनमा संघीय सरकारले नीतिगत सहयोग गर्न प्रदेश सरकारले आग्रह गरेको छ । सम्मेलन सुदूरपश्चिमको विकासको सम्भाव्यता पहिचान, पुँजी निर्माण र प्रदेशको समग्र विकासको कोशेढुंगा बन्ने प्रदेश सरकारले दाबीे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय