सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । बुधबार प्रदेशसभामा प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रदेश सरकारले नीति तथा कार्यक्रममा कृषिलाई उच्च प्राथमिकतामा राखेको छ ।

प्रदेश सरकारले व्यावसायिक कृषि गर्ने कृषकलाई शून्य ब्याजदरमा ऋण उपलब्ध गराउने घोषणा गरेको छ । त्यस्तै, सरकारले आर्थिक विकास, गरिबी न्यूनिकरण र रोजगारी सृजनालाई प्राथमिकतामा राखेको छ । त्यस्तै, सरकारले थारु जातिको बरघर प्रथालाई प्रवर्द्धन गर्ने नीति लिएको छ ।

त्यसैगरी,आम नागरिकका गुनासा सुनेर समस्याको समाधान निकाल्न हेल्लो सिएम कार्यक्रम पुनः सञ्चालन गर्ने, प्रदेशको राजधानी निर्धारण भएको ठाउँ अत्तरियामा चिडियाखाना निर्माण गर्ने लगायतका विषय नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय