सुनको मूल्य आज प्रतितोला एक हजार ७ सय रुपैंयाले घट्दै १ लाख ४९ हजार रुपैयाँ कायम भएको छ। बुधबार सुन तोलामा ७ सय रुपैयाँले घटेर कारोबार मूल्य प्रति तोला १ लाख ५० हजार ७ सय रुपैयाँ कायम भएको थियो। मंगलबार सुनको भाउ तोलामा २०० रुपैयाँ बढेको थियो । आइतबार तोलामा २ हजार २ सय रुपैयाँ घटेको सुनको मूल्य सोमबार ४ रुपैयाँ बढेको थियो।

चाँदीको मूल्य पनि आज घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले चाँदी तोलामा ५५ रुपैयाँ घटेर प्रति तोला १ हजार ७८० रुपैयाँमा आइपुगेको जनाएको छ। बुधबार चाँदी तोलामा ५ रुपैयाँ घट्दै प्रति तोला १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दै प्रति औंस २ हजार ६ सय ९ दशमलब ५२ डलर कायम भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय