काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा १० हजार ४०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ लाख ९५ हजार १०० रुपैयाँ पुगेको हो । अघिल्लो दिन मंगलबार सुनको मूल्य तोलामा २ लाख ८४ हजार ७०० रुपैयाँ रहेको थियो ।

एकैदिन भएको उल्लेख्य वृद्धिसँगै सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको महासंघले जनाएको छ । यस्तै, १० ग्राम सुनको मूल्य पनि बढेर २ लाख ५३ हजार रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिन २ लाख ४४ हजार ८५ रुपैयाँ थियो ।
चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ । महासंघका अनुसार बुधबार चाँदी तोलामा ५ हजार ९२० रुपैयाँ कायम भएको छ। यसअघि चाँदी तोलामा ५ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको थिया े। १० ग्राम चाँदीको मूल्य ५ हजार ७६ रुपैयाँ पुगेको छ ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढाव, अमेरिकी डलरसँग नेपाली रुपैयाँको विनिमय दर, साथै विश्वव्यापी भूराजनीतिक अवस्था मूल्य वृद्धिका प्रमुख कारण रहेको जनाएको छ । यी कारणले आगामी दिनमा पनि सुनचाँदीको मूल्य अस्थिर रहन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय