सुनसरी – सुनसरीको दुहबी नगरपालिकामा अफ्रिकन स्वाइन फ्लु पुष्टि भएपछि १५ दिनका लागि बंगुर ओसारपसारमा प्रतिबन्ध लगाइएको छ। केन्द्रीय प्राविधिक ल्याब, काठमाडौंले स्वाइन फ्लु पुष्टि गरेपछि उच्च सतर्कता अपनाउँदै दुहबी नगरपालिकाले यो निर्णय लिएको हो।नगरप्रमुख वेद नारायण गच्छदारका अनुसार बुधबार दुहबी नगरपालिका, पशु सेवा शाखा, विभिन्न वडाका अध्यक्ष, इलाका प्रहरी, र सशस्त्र प्रहरीको आकस्मिक बैठक बसेको थियो। बैठकले सङ्क्रमण नियन्त्रणका लागि तत्काल कदम चाल्न निर्देशन दिएको छ।

नगरपालिकाले बंगुर फार्महरूको अनुगमन कडा बनाउँदै प्रहरी र पशु सेवा शाखासँग संयुक्त अनुगमन टोली गठन गरेको छ। दुहबी नगरपालिकाको ९ र १० नम्बर वडाका बंगुर फार्महरूमा २५ वटा बंगुर मरेको पुष्टि भएको छ। यसअघि, एक हप्ता अघि सुनसरीकै कोसी गाउँपालिकामा बर्ड फ्लु पुष्टि भएपछि कुखुरा र हाँस नष्ट गरिएका थिए। गर्मी बढेसँगै भारतसँग सीमा जोडिएको सुनसरी जिल्लाका विभिन्न पालिकामा पशुपक्षीमा लाग्ने सङ्क्रामक रोगहरू देखा पर्न थालेका छन्, जसका कारण स्थानीय प्रशासन उच्च सतर्कता अपनाइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय