सुनसरीको धरान डेंगु संक्रमणको केन्द्र बनेको छ । धरानमा हजारौको संख्यामा डेंगु सक्रमितहरु रहेका छन् । डेंगु संक्रमण नियन्त्रण तथा उपचारमा सरकारी तह वाट प्रर्याप्त सहयोग नहुँदा स्थिती भयाभह हुने देखिएको छ । धरानवाट सुरु भएको डेंगुको सक्रमण अहिले कोशी प्रदेश भरी फैलिसकेको छ । कोशी प्रदेशका अधिकांश जिल्लाहरुमा सक्रमण देखिएको छ । अन्य जिल्लामा भन्दा धरानमा भने यसको भयावह अवस्था रहेको छ ।



धरान उपममहानगर पालिकाले धरान सभा गृहमा निशुल्क परिक्षण सुरु गरे पनि उपचारको लागि भने आर्थिक अभावमा संक्रमितहरु अस्पतालसम्म जान सकिरहेका छैनन । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले डेगु परिक्षण निशूल्क गरेको छ । प्रतिष्ठानले अन्य परिक्षण तथा उपचार भने निशुल्क गरेको छैन । धरानमा प्रत्येक घरमा सक्रमित रहेको र उपचार गर्न आर्र्थिक अभाव समेत भएको गुनासो आएसँगै सामाजिक संघ संस्था तथा वडा कार्यालयहरुले निःशुल्क शिविरहरु सञ्चालनमा ल्याएका छन् ।
डेंगु संक्रमण धरानमा भयावह देखिएपछि अरुसँग पनि सहकार्य गरेर शिविरको आयोजना गरिएको सुनसरी उद्योग वाणिज्य संघले जनाएको छ । डेंगु पोजेटिवका विरामीलाई चेकजाँचपछि विरामीको अवस्था हेरेर उपचार गर्ने गरेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । सामान्य अवस्था भएकाबाहेक गम्भीर प्रकृतिका विरामीलाई यहाँ शिविरमा परीक्षणपछि अस्पताल पठाउने गरिएको छ ।
डेंगुसंगै आवश्यक पर्ने सबै परिक्षण निशुल्क हुने शिविरमा २० शैय्या राखिएका छन । आवश्यकता अनुसार थप गर्दै जाने योजना पनि बनाइएको छ । शिविरमा १ डाक्टर ४ नर्स खटिएका छन् । केएचडिसीका ४ जना प्राविधिक, चिकित्सकहरू शिविरमा संलग्न छन् । शिविर डेंगु महामारी पूर्ण रूपमा नियन्त्रणमा नआएसम्म सञ्चालन हुनेछ । धरानमा अहिले २० हजार भन्दा धेरै सक्रमित रहेका छन् भने ९ जनाले ज्यान गुमाइसकेका छन् ।



