जिल्ला अदालत काठमाडौंले विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याएको करिब ९ केजी सुन तस्करी अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । अदालतले अर्का प्रतिवादी लोकेन्द्र पौडेललाई भने ५ लाख धरौटीमा छाड्न आदेश दिएको छ ।

थुनछेक बहसपछि शुक्रबार न्यायाधीश डण्डपाणि शर्माको इजलासले मुद्दाको किनारा नलागेसम्म राहुललाई थुनामा पठाउन आदेश दिएको हो । २०७९ पुस १० मा दुबईबाट भेपमा लुकाएर चिनियाँ तस्करले ल्याएको सुन प्रकरणमा राहुल पक्राउ परेका थिए । तस्करले भेपमा लुकाएर ल्याएको सुन विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएपछि राहुलसहितको समूहले छुटाउन दबाब दिएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालय काठमाडौंले बुधबार विरुद्ध मुद्दा दायर गरेको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय