शेयर लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा लगानीकर्ताहरूले मंगलबार नेपाल धितोपत्र बोर्ड (सेबोन)को कार्यालय घेराउ गरेका छन्। पुँजी बजारमा देखिएका समस्या समाधान, लगानीकर्तामैत्री नीति लागू, बजार सुधारका कार्यक्रम अघि बढाउन तथा नियामक निकायको प्रभावकारी भूमिका सुनिश्चित गर्न माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन्।

प्रदर्शनका क्रममा लगानीकर्ताले सेबोनले बजारप्रति जिम्मेवार भएर काम गर्नुपर्ने, नीतिगत अन्योल हटाउनुपर्ने र लगानीकर्ताको हित संरक्षणमा सक्रिय हुनुपर्ने माग राखेका छन्। प्रदर्शन शान्तिपूर्ण रूपमा जारी रहेको छ भने सेबोनको तर्फबाट औपचारिक प्रतिक्रिया आउन बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय