काठमाडौं । अक्टोबर २० अर्थात् अन्तर्राष्ट्रिय सेफ दिवस तथा तिहारको अवसरमा सेल पकाउने प्रतियोगिता सम्पन्न भएको छ । नेपालका प्रथम कार्यकारी ‘सेफ’ गोविन्द नरसिंह केसीले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।
प्रतियोगितामा ‘सेफ’ इङ्वा सुब्बा प्रथम, राधेश्याम श्रेष्ठ द्वितीय र मानबहादुर तामाङ तृतीय हुनुभयो । नेपाली खाना प्रवद्र्धन अभियानको संयोजनमा भोजनलिपि स्वाद र सिलौटो कटेजको आयोजनामा भएको प्रतियोगितामा ९ जना प्रतियोगिले सहभागिता जनाएका थिए ।



उहाँहरूले नेपाली खानालाई देशभित्र र बाहिर प्रचारप्रसार गर्न समय समयमा विभिन्न कार्यक्रमको आयोजना हुनुपर्नेमा जोड दिनुभयो । सेफहरूले लक्ष्मीपूजाको पूर्वसन्ध्यामा देउसीसमेत खेलेका थिए ।
देउसीमार्फत उहाँहरूले नेपाली परम्पराको निरन्तरता र पर्यटन क्षेत्रमा पछिल्ला दिनहरूमा देखिएका समस्या समाधान हुनुपर्ने विचार राख्नुभएको थियो ।



