काठमाडौं । दाङको घोराहीमा संचालित सोनापुर मिनरल एण्ड आयलले बिजुलीको बक्यौता बुझाएको छ । मंगलबार उक्त उद्योगले पहिलो किस्ताबापत ८६ लाख ३० हजार रुपैयाँ बुझाएपछि सोही दिनदेखि विद्युत् आपूर्ति गरिएको छ ।



नेपाल विद्युत् प्राधिकरणले उक्त उद्योगको २४ करोड २९ लाख ९९ हजार रुपैयाँ बक्यौता रहेकोमा मंगलबार पहिलो किस्ता रकम दाखिला गरेको थियो । उक्त उद्योगको बक्यौतालाई २८ किस्तामा विभाजन गरिएको छ ।



