हिमाली जिल्ला सोलुखुम्बुमा पनि राष्ट्रिय परिचयपत्र वितरण प्रक्रिया अघि बढेको छ । सरकारले एक वर्षभित्र सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी गरेपछि अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको हो । नागरिकताको प्रयोगलाई कम गर्दै राष्ट्रिय परिचयपत्र प्रयोग बढाउने उद्देश्यले सोलुखुम्बुमा व्यक्तिगत विवरण संकलन धमाधम भैरहेको छ । जेठ महिनाभित्र विवरण भरेकालाई परिचयपत्र वितरण पनि सुरु भएको छ । २१
नागरिक्तामा भएका फोटो, सही, छाप, चाडै मेटिने भएकोले राष्ट्रिय परिचय पत्रमा त्यो समस्या नआउने बताइन्छ । साथै व्यक्तिगत तथ्यांक सुरक्षित हुनुका साथै पहिचान गर्न समेत सहज हुने बताइन्छ । सरकारी तथ्यांक अनुसार देशभर हालसम्म एक करोड १० लाख बढीले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराएका छन् ।






