सोलुखुम्बु — महाकुलुङ गाउँपालिका–गुदेलस्थित हुङ्गा (हुङ्कु) खोलामा पहिरो खस्दा करिब १५ मिटरको ड्याम बनेको छ। जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका अनुसार खोलामा हाल पनि थप पहिरो खसिरहेको छ।बाढी पूर्वानुमान महाशाखाले आज बिहान सूचना जारी गर्दै हुङ्गा खोलामा पहिरोका कारण पानी थुनिएको र थप पहिरो खस्ने क्रम जारी रहेको जनाएको हो।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै हुङ्गा खोला तथा दुधकोसी नदीको तटीय क्षेत्र र आसपासका बासिन्दालाई अर्को सूचना जारी नभएसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

महाशाखाले खोलामा बनेको ड्यामका कारण पानीको बहावमा परिवर्तन आउन सक्ने तथा जोखिम बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ। स्थानीय प्रशासनले पनि सम्भावित बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै सुरक्षित स्थानमा रहन र सम्बन्धित निकायबाट जारी हुने सूचनालाई पालना गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय