सर्लाहीको ब्रह्मपुरीमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको छ । भने, अर्का एक जना गम्भिर घाइते भएका छन् ।
गएराती जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्र ब्रह्मपुरी गाउँपालिका–५, स्थित हुलाकी सडक खण्डमा उक्त दुर्घटना भएको हो । दुर्घटनामा परेर प्रदेश ३–०३–००१ प ७५७५ नम्बरको मोटरसाइकलमा सवार ब्रह्मपुरी गाउपालिका–२, बस्ने २३ वर्षका अङ्कित चौधरी र २५ वर्षका रोहित सहनीको मृत्यु भएको हो । भने, २३ वर्षका शिव शङ्कर पण्डित गम्भिर घाइते भएका प्रहरीले जनाएको छ ।घाइते पण्डितको एलएस न्यूरो अस्पताल बारामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो । हुलाकी सडक हुँदै पर्साबाट भेल्ही आँउदै गरेको एम एच ०४ डिजे १२९७ भारतीय नम्बर भएको स्कारपियो गाडिले विपरित दिशाबाट जाँदै गरेको तीन जना सवार ७५७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भिर घाइते भएका चौधरी र पण्डितलाई रामजानकी अस्पताल जनकपुर पु¥याएपछि चिकित्सकले मृत घोषणा गरेका हुन । प्रहरीले दुर्घटनामा संलग्न स्कारपियो र मोटरसाइकल नियन्त्रणमा लिएको छ । घटना लगतै फरार स्कारपियो चालकको भने, खोजी भइरहेको प्रहरी नायब उपरीक्षक राईले बताउनु भयो ।






