गुल्मी । गुल्मीमा स्कुटर दुर्घटनामा २ जनाको मृत्यु भएको छ । स्कुटर दुर्घटनामा चन्द्रकोट–६ झापक बस्ने ३० वर्षका बिनोद बि.क. र ४० वर्षका किरण कुमार थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बिहीबार बेलुकी जिल्लाको चन्द्रकोट गाउँपालिका वडानम्बर–७ सिस्नेखोला स्थित मजुवा–रिडी सडक खण्डमा लु १७ प १६४४ नम्बरको स्कुटर दुर्घटनामा परेको हो । सडक छेउमा पल्टि रहेको स्कुटरबाट बाटो देखी अन्दाजी २५० मिटर तल सिस्ने खोलाको पानीमा २ जना पुरुष तैरी रहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
पानीमा तैरी रहेकालाई प्रहरीले उद्दार गरी उपचारको लागी प्रथामिक स्वास्थ्य केन्द्र जोहाङ खैरेनी गुल्मीमा पठाएको थियो । उनीहरुको अस्पताल पुर्याएपछि डक्टरले मृत घोषणा गरेको एसपी राजन भुजेलले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय