काठमाडौं । स्क्र्याबल क्लब नेपालले आफ्नो वार्षिक समीक्षा बैठकसँगै स्क्र्याबलसम्बन्धी पुस्तक विमोचन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । बैशाख २ र ३ गते आयोजित उक्त कार्यक्रमको उद्घाटन चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले गर्नुभएको थियो ।
ब्राइट फ्युचर माध्यमिक विद्यालयको सभा हलमा सम्पन्न कार्यक्रममा स्क्र्याबल खेलको वर्तमान अवस्था, यसको विकासका सम्भावना तथा चुनौतीबारे विस्तृत छलफल गरिएको थियो । साथै, सहभागीहरूबीच अनुभव आदान–प्रदानको सत्रले कार्यक्रमलाई थप प्रभावकारी बनाएको थियो ।



कार्यक्रमको विशेष आकर्षणका रूपमा स्क्र्याबलसम्बन्धी एक पुस्तकको औपचारिक विमोचन पनि गरिएको आयोजकले जनाएको छ । उक्त कार्यक्रमले नेपालमा स्क्र्याबल खेलको प्रवद्र्धन र विस्तारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।



