स्याङ्जा । क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन सुरू भएको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ आरुचौरमा जन्मिनुभएका क्रिकेटर लामिछानेको सम्मानमा गाउँपालिकाले रङ्गशाला बनाउन सुरू गरेको हो ।

गाउँपालिका कार्यालयको लगानीमा जनश्रमदानसहित रङ्गशाला निर्माण सुरू भएको पालिका अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो । डाँडाको टुप्पो तर समथर रहेको सार्वजनिक गौचरनलाई क्रिकेट मैदान बनाउन चालु आर्थिक वर्ष २०८१–०८२ देखि बनाउन सुरू गरिएको हो ।

समुद्री सतहदेखि १९०७ मिटरको उचाइमा रहेको निर्माणाधीन मैदानलाई ‘नाइन्टिन ओ सेभेन अरिना’ नाम दिएको छ । मैदान बीच भागबाट चारैतिर ४५ मिटर वृत्ताकारमा फैलिएको छ । राष्ट्रियस्तरको मैदानका लागि आवश्यक पर्ने मापदण्डलाई पूरा हुने गरी निर्माण भइरहेको छ ।

क्रिकेट मैदान निर्माण सम्पन्न भएसँगै यस ठाउँमा राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता सञ्चालन गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय