स्रोत नखुलेको ४ लाख ९९ हजार ५ सय भारतीय रुपैया सहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कृष्णनगर नगरपालिका.९ का ३५ बर्षिय मनोज कुमार गुप्ता र कृष्णनगर नगरपालिका.३ का ४४ बर्षिय सोम नाथ चौहान रहेको प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेतल बताए ।

उनीहरुलाई वडा प्रहरी कार्यालय तौलिहवाको टोलीले नियन्त्रणमा लिएको हो । तौलिहवाको बहादुरगंज जाने चोकमा बहादुरगंज बाट तौलिहवा तर्फ आउदै गरेको लु ७६ प ८५७ नं.को मोटरसाईल र बिपरित दिशा तर्फ जादै गरेको लु २ त ५१२१ नम्बरको ट्याक्टर एक आपसमा ठक्कर ठोक्किदा शंकास्पद गतिविधी गर्ने मोटरसाईकलमा सवार २ जना उपर थप अनुसन्धान गर्दा उनीहरुलाई स्रोत नखुलेको भारतीय रुपैया सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पत्रकार सम्मेलन गरी उनीहरुलाई आज जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरिएको छ । पक्राउ परेका उनीहरुबाट भारतीय रुपैया रु ५ सय दरको १० गड्डी (९९९ थान ) नोट फेला परेको थियो । घटनाका बारे थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ । बरामद भारतीय नोट र पक्राउ परेको दुबै जनालई राजस्व अनुसंधान कार्यालय बुटवलमा पठाईएको प्रहरी उपरीक्षक वस्नेतले बताए । जिल्लाबाट भारत तर्फ सुन तस्करी हुने अवस्थामा यसरी स्रोत नखुलेका ठुलो परिमाणमा भारतीय रुपैया नेपाल भित्रने गर्दछ ।
फोटो विवरण ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय