प्यूठानको स्वर्गद्वारी दर्शन गरी फर्केने क्रममा कार दुर्घटना हुँदा ८ जनाको मृत्युभएको छ । लु.१ च ६३४५ नम्बरको कार स्वर्गद्वारीबाट फर्कने क्रममा दुर्घटना भएको हो ।

कार स्वर्गद्वारी नगरपालिका चार उपल्लो भिङ्ग्रीकोटमा आइपुगेपछि अनियन्त्रित भई सडकबाट तल खसेको थियो । कारमा सवार आठै जनाको मृत्युभएको थियो । दुर्घटनामा मृत्युहुनेमा लमही नगरपालिका पाँचका कार चालक ताराबहादुर कुमाल, लमही सातका ४० वर्षीय गोविन्द शाह, उहाँकी श्रीमती ३० वर्षीया राधा नेपाली र छोरा ९ वर्षीय आदित्य शाहको मृत्युभएको छ ।

साथै तुल्सीपुर उपमहानगरपालिका पन्ध्रकी ३५ वर्षीया सरिता शर्मा पोखरेल, उहाँकी दुई छोरा विशाल र विकासको पनि मृत्युभएको छ भने एक बालकको सनाखत हुन बाकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय