काठमाडौं । प्युठानको स्वर्गद्वारी जाँदै गरेको भारतीय तीर्थ यात्री सवार जिप दुर्घटना भएको छ ।
दुर्घटनामा एक बालकको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन् । प्रहरीका अनुसार जिप सडकबाट करिव ३० मिटर तल खसेको छ । घाइतेहरुलाई प्राथमिक उपचारका लागि भिङ्ग्री प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ ।



भिङ्ग्रीबाट स्वर्गद्वारा जाँदै गरेको लु.१ज ३१७५ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । मृतकको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको बताइएको छ ।



