काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना हुनुभएको छ ।
पौडेलको स्वास्थ्यमा पुनः समस्या देखिएपछि उहाँलाई शनिबार विहान ३ बजे मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्टर सेन्टर महाराजगञ्जमा भर्ना गरिएको हो । राष्ट्रपति पौडेललाई भीआईपी क्याबिनको ६०१ नम्बर बेडमा राखिएको अस्पतालले जनाएको छ । गत मंगलबार उहाँको सहीद गंगालाल अस्पतालमा मुटुको एन्जियोग्राम गरिएको थियो ।






