भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले बागमती प्रदेशलाई पूर्ण खोप दिइएको प्रदेशका रुपमा घोषणा गर्नुभएको छ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमो आयोजनामा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रदेशको १३ जिल्ला र ११९ पालिकाका १५ महिना उमेरभित्रका बालबालिकालाई पूर्ण खोप दिइएको सुनिश्चित भएसँगै घोषणा गर्नुभएको हो ।
संघीय सरकारअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय पूर्ण खोप समन्वय समितिबाट प्राप्त प्रमाणपत्रका आधारमा बागमती प्रदेशलाई यस किसिमको सफलता प्राप्त भएको जनाएको छ ।  प्रधानमन्त्री ओलीले पूर्ण खोप घोषणा भएकामा प्रदेशलाई बधाई दिँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय गन्तव्य प्राप्तिका लागि ‘निरोगी नेपाल’ अभियान सञ्चालन गरिएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले खोप अभियानका क्रममा उत्कृष्ट कर्मचारी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई सम्मान गर्नुभएको थियो । प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले स्वास्थ्य क्षेत्रको निरन्तर खटाइबाट पूर्ण खोप अभियान सफल भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय