काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याउने उद्देश्यले अगाडि बढाइएको स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउँदै लैजानुपर्ने बताएका छन्।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२ औँ सभामा प्रधानमन्त्री एवं कूलपति ‘प्रचण्ड’ले सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यमा सहयोग पु¥याउनुपर्नेमा जोड दिए। प्रधानमन्त्री दाहालले स्वास्थ्य सेवा सरल,सहज हुनुपर्ने बताउँदै सेवा आम नागरिकको पहुँचयोग्य,उच्चतम प्रविधिको प्रयोग र वैज्ञानिक अनुसन्धानमा आधारित हुनुपर्नेमा जोड दिए।

 

प्रधानमन्त्रीले दूरदराजसम्म स्वास्थ्य सेवाको पहुँच विस्तार हुनेगरी पूर्वाधार निर्माण,जनशक्ति उत्पादन,सेवा प्रवाह र गुणस्तर अभिवृद्धिमा जोड दिन आग्रह गरे। आम नागरिक स्वस्थ नभइकन विकास र समृद्धि सम्भव नहुने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सबै नागरिकलाई गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवाको पहुँच पु¥याउनुपर्नेमा जोड दिए। स्वास्थ्य बीमा कार्यक्रमलाई सफल तुल्याउन स्थानीय तहहरूबाट सकारात्मक प्रयास भइरहेको प्रधानमन्त्रीको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय