काठमाडौं । दश वर्ष अगाडि सुनसरीको ग्रामीण क्षेत्रमा प्रत्येकको घरमा पाइने गोरुगाढा (बैलगाडी) पछिल्लो समय लोप हुँदै गएको छ । जिल्ला सदरमुकाम इनरुवासहित देवानगञ्ज, बर्जु, गढी, कोसी, भोक्राहा हरिनगरलगायत क्षेत्रमा प्रायः सबै किसानको घरमा पाइने गोरुगाढा पछिल्लो समय लोप हुँदै गएको हो ।

इनरुवाका किसान जसलाल यादवले यातायातका साथै सामान ओसार्ने एउटा महत्वपूर्ण साधनका रूपमा रहेको गोरुगाढा कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण भएसँगै लोप हुँदै गएको बताउँछन् । बिहेमा जन्ती जानका लागि ग्रामीण भेगमा गोरुगाढाको प्रयोग हुँदै आएकामा सवारीसाधनको विकास भएसँगै गोरुगाढा प्रयोग घट्दै गएको छ ।पहिला सामग्री ल्याउन, बिहेबारीमा जन्ती जान, गर्भवतीलाई अस्पतालसम्म पुर्याउनलगायतका सबै घरका काम गर्ने गोरुगाढा अहिले देखिन छाडेको छ ।

किसानले कृषिकर्ममा गोरु र काठबाँसको प्रयोग गरी बनाएको गोरुगाढा पछिल्लो समय हाते ट्याक्टरलगायत अन्य प्रविधिको प्रयोग बढ्दै गएपछि गोरुगाढा घट्दै जाँदा लोप हुने अवस्थामा पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय