धान दिवस जस्तै सरकारले यो वर्षदेखी हरेक साउन १६ लाई राष्ट्रिय कोदो दिवसको रुपमा मनाउन थालेको छ । हराउदै गएको कोदो खेतीलाई प्रवद्र्धन गर्ने र उत्पादन बढाउ सरकारले कोदो दिवस मनाउने निर्णय गरे पनि रैथाने बाली कोदोको संरक्षणमा स्थानिय जुट्न थालेका छन् । कास्कीको माछापुच्छ«े लाहाचोकमा कोदो रोपाइँ महोत्सव नै आयोजना गरिएको थियो । असार १५ लाई धान दिवसको रुपमा मनाउने थाले पछि यो दिन नेपालीको चाड कै रुपमा विकास भइरहेको छ । मौलिक पोसाकमा सजिएका कोही भजनका चुट्कामा रमाँउदै नाँच्दै त कोही पञ्चे बाजामा नाँच्दैछन् छन् । यो दृष्य न कुनै बिहेको हो तन कुनै धार्मिक अनुष्टानको नै हो । कास्कीको माछापुच्छ«े गाँउपालिका लाहाचोकमा देखिएको यो खुशि र यो तामझामको दृष्य त प्रथम कोदो रोपाइँ रोपाइँ महोत्सवको हो । सरकारले पहिलो पटक साउन १६ लाई राष्ट्रिय कोदो दिवस घोषणा गरी गाँउ गाँउमा कोदो रोप्ने अभियान सुरु गरेकोमा हो । माछापुच्छ्रे गाँउपालीकाको लाहाचोक कोदो खेतिको लागि उपयुक्त मानिन्छ । गाँउमा युवा शक्तीको अभाव र उत्पादन लागत समेत उठाउन सक्ने अवस्था नभए पछि कोदो खेती गर्ने किसानको संख्या घट्दो छ । तर सरकारले यो वर्षबाट कोदो दिवस मनाउन थालेको र अभियाननै संचालन गरेकोमा गाँउलेहरु हर्षित भएका छन् ।

नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेशले कोदो रोपाइँ महोत्सवको चाजोपाजो मिलाएको हो । महोत्सवमा कोदोको फाईदा, यसबाट बन्ने परिकार र यसको बजारीकरणबारे स्थानियहरुलाई जानकारी दिइएको थियो । कोदो परम्परागत खाद्यान्न बाली मात्र होइन, कोदोमा क्याल्सियम, आइरन, प्रोटिन, खनिज लगायतका पौष्टिकताले युक्त औषधीय गुण भएको बाली भएकोले निकै उपयोगी खाद्यान्न मानिन्छ । रैथाने बाली जोगाई राख्न, यसको फाईदा बारे सबैलाई जानकारी दिन पहिलो पटक महोत्सव आयोजना गरिएको हो । देशका बिभिन्न स्थानिय तह, प्रदेश सरकारले कोदोको रक्सीको बजारिकरणमा चासो देखायका छन् भने संघीय संसदमा समेत यो विषयमा जोडदार कुरा उठेको छ । यसले कोदोको महत्व बढ्दै गएको पुष्टि गर्छ । विहान बेलुकाको खानाको साथै होटल व्यवसायी र होमस्टे सञ्चालकमार्फत आन्तरिक र बाह्य पर्यटकसम्म पनि यसको बजार विस्तार गर्न सकिने सम्भावना भने नभएको हैन ।

नेपालको कोदो मुख्य खाद्यान्न बालीहरु मध्ये चौथो नम्बरमा पर्ने बाली हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आर्थिक वर्ष २०८०-८१ को तथ्यांक अनुसार, नेपालमा २ लाख २४ हजार ९३५ हेक्टर जमिनमा कोदो खेती गरिन्छ र यसबाट ३ लाख ७३२ टन कोदो उत्पादन भएको छ । तर, प्रतिहेक्टर उत्पादन १.३३ मेट्रिक टन मात्रै रहेको छ, जुन निकै कम हो । उन्नत प्रविधि, सिँचाइ र मलखादको उचित व्यवस्थापनले कोदोको उत्पादन बढाउन सकिन्छ । तीनै तहका सरकारले कोदोसँग सम्बन्धित उद्योगको प्रवर्धन गर्नुका साथै उत्पादक एवं उपभोक्तामा सचेतना अभिवृद्धि गर्ने नीति, कार्यक्रम र योजना बनाउने सके खाध्यान्नमा बढ्दो परनिर्भरता घट्नेमा दुइमत छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय