शरद ऋतृको स्वागत गर्दै धान पाक्ने समय जल देवता इन्द्रलाई अब पानी पुग्यो भनेर संकेत गर्न चंगा उडाउने किंवदन्ती छ । तर, बढ्दो प्रविधिको विकास र समय व्यस्तताका कारण चङगा उडाउने प्रचलनमा कमी आउँदै गएको छ ।केही वर्ष अघि सम्म दशैंको उत्साहमा चङगाले रौनक थप्ने गर्थो तर पछिल्लो समय प्रविधिको आगमन र आधुनिकतासँगै चङगा उठाउने नयाँ पुस्ता मनोरन्जनका अन्य साधनमा भुलिन थालेका छन् । बढ्दो प्रविधिको विकास र समय व्यस्थताका कारण चङगा उडाउने प्रचलनमा कमी आएको हो ।
कुनै समय रङगी विरङगी चङगाले ढाकिने आकाश अहिले सुनसान जस्तै हुने गरेको छ । केही वर्षअघिसम्म निकै चर्चामा रहेको चङगा उडाउने परम्परा अहिले आएर संकटमा पर्दै आएको व्यवसायीहरुको ठम्याई छ । आधुनिकतासँगै चङगा उठाउने पचलन हराउँदै गएपछि चङगाको व्यापारमा पनि कमि आएको छ । अहिले मानिसमा चङगा उठाउने फुर्सद नभएको र ससाना बालबालिकाहरुले पनि चासो नदिएकोले चङगाको व्यापार घट्दै गएको हो । यद्यपी चङगा व्यापारीहरु भने घटस्थापना पश्चात चङगाको व्यापार फस्टाउनेमा आशावादी देखिन्छन् ।



असारको खेतीपछि भदौसम्म पानी पर्ने भएकाले अब पानी पुग्यो र धान पाक्ने बेला भयो भन्नका लागि चङगा उडाएर इन्द्रदेवलाइ सन्देश पठाएको भन्ने जनविश्वास छ । चङगा र दशैं एकअर्काको पर्याय जस्तै हुन् । चङगाको साइनो रमाइलोसँग मात्र नभई मौसमी अवस्थाबारे जानकारी गराउनेलाई समेत बुझिन्छ । आकाशमा चङगा नउडेसम्म दशैं आएको अनुभव नहुने र चहलपहल सुरु नहुने पुरानो मन्यता थियो । तर, आजभोली भने आकाशमा खासै चङगा उडेको देखिदैन ।



