काठमाडौं । चिनको हाङझाउमा जारी एसियाली खेलकुदअन्तर्गत इस्पोर्ट्सको पिस एलिटको रुपमा रहेको पब्जी मोबाइलको प्रतिस्पर्धामा नेपाली टिम सेमिफाइनलमा पुगेको छ ।

एलिमिनेसन राउन्डको समूह ‘सी’ मा दोस्रो हुँदै नेपाल सेमिफाइनलमा पुगेको हो । प्रतिस्पर्धामा नेपालको समूहमा हङकङ, प्लेस्टाइन र साउदी अरेबिया थिए। जसमा हङकङ शीर्ष स्थानमा रहदा नेपालले प्लेस्टाइन र साउदीलाई पछि पा¥यो । हङकङको ५१ मिनेट ०९.९८३ सेकेन्ड, नेपालको ५४ मिनेट ०४.८४२ सेकेन्ड, प्लेस्टाइनको १ घन्टा ४९.५२७ सेकेन्ड र साउदीको १ घन्टा ३ मिनेट ४५ः१०७ सेकेन्डको टाइमिङ रह्यो । नेपाली टिममा सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी र समिर गुरुङले खेलेका थिए ।अब चार समूहबाट आएका शीर्ष दुई–दुई टिम गरी आठ टिमबीच दूई समूहमा सेमिफाइनल हुनेछ। सेमिफाइनलका दुवै समूहमा चार–चार टिम हुनेछन्। चार–चार टिम मध्ये समूहका शीर्ष दुई टिम फाइनलमा पुग्नेछन्। फाइनल चरणमा चार टिमबीच प्रतिस्पर्धा हुनेछ। जसमा शीर्ष तीन टिमले मेडल पाउनेछन् । नेपालले भोलि हुने समूहमा दोस्रो स्थान हात पारे फाइनलमा स्थान बनाउनेछ । आइतबार  हुने फाइनलमा शीर्ष तीनमा पर्न सके नेपालले एसियाली खेलकुदमा पदक जित्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय