डोटी । डोटीमा प्रहरीले तीन जना चिकित्सकलाई पक्राउ गरेको छ । उपचारका क्रममा बालिकाको मृत्युभएपछि प्रहरीले चिकित्सकलाई पक्राउ गरेको हो ।
खेल्दै गर्दा लडेर बायाँ हात भाँच्चिएकी दीपायल सिलगढी नगरपालिका ३ कि ९ वर्षीया बालिका रजनी भुललाई उपचारका लागि सुजङ अस्पताल लगिएको थियो । घाइते बालिकाको गएराति शल्यक्रिया गर्ने क्रममा औषधिको रियाक्सनले मृत्यु भएको भन्दै आफन्तले प्रहरी कार्यालयमा उजुरी गरेपछि उपचारमा संलग्न तीन जना चिकित्सकलाई प्रहरीले पक्राउ गरेको हो ।



उपचारमा संलग्न चिकित्सकहरू राजमणि यादव, सुरेन्द्रकुमार चौधरी र अभिषेक यादवलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।



