काठमाडौं । हिन्दुकुश हिमालय संसदीय बैठक काठमाडौंमा आजबाट सुरु हुँदैछ । ‘हिन्दुकुश हिमालय क्षेत्र’ मा पर्ने मुलुकका संसद्बीच साझा धारणा, संवाद र समन्वयका लागि हुन लागेको संघीय संसद्, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आयोजनामा हुन लागेको बैठक दुई दिनसम्म संचालन हुनेछ ।
राष्ट्रपति रामचन्द्र पौडेलले कार्यक्रमको उद्घाटन गर्नुहुनेछ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, सभामुख घिमिरे, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी, इसिमोडका महानिर्देशक पेमा ग्याम्त्सो तथा विभिन्न देशबाट आएका विशिष्ट व्यक्तिहरुले सम्बोधन गर्नुहुनेछ ।



अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को प्राविधिक सहयोगमा आयोजना हुन लागेको बैठकमा हिन्दूकुश हिमालय क्षेत्रका देशहरू नेपाल, भारत, चीन, बङ्गलादेश, भुटान, म्यानमार र पाकिस्तानका संसदीय प्रतिनिधिको सहभागिता हुनेछ ।



