काठमाडौं । रौतहटको सदरमुकाम गौर नगरपालिका–६ सबगढा गाउँमा दुई समुदायबीच झडप भएको छ ।

झडपले त्यहाँको अवस्था तनावग्रस्त बनेको छ । सबगढा गाउँमा बिहीबार राति एक हिन्दू समुदायको विवाहमा बाजा बजाउँदै जन्ती गएको थियो । सबगढा गाउँमा रहेको मुस्लिम समुदायको मस्जिदमा रातिको समय नवाज पढिरहेको बेला बाजा बजाएको विषयलाई लिएर भनाभन भएको थियो । भनाभन पछि मुस्लिम समुदायका केही मानिसले बाजा बजाउने डिजे ग्रुपका केही मानिसलाई कुटपिट गरेका थिए । त्यही विषयलाई लिएर आज बिहानै देखि पुनः दुई समुदायबीच झडप भएको हो ।

अवस्था नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी गरी अढाई सय बढी सुरक्षाकर्मी परिचालन गरिएको रौतहटका सिडिओ दिनेश सागर भुसालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय