सुलभ अग्रवाल सम्पत्ति शुद्धीकरणको कसुरमा हिरासतमा रहेका अवस्थामा स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । ललितपुर प्रहरीको हिरासतमा रहेका अग्रवाललाई तीन दिनअघि पाटन अस्पतालमा भर्ना गरिएको हो । उनको स्वास्थ्य अवस्था बिग्रिएपछि चिकित्सकको सिफारिसमा अस्पताल पठाइएको बताइएको छ ।

शङ्कर ग्रुपका सञ्चालक अग्रवालमाथि हिमालयन रि इन्स्योरेन्समार्फत रकम हिनामिना गरी सम्पत्ति शुद्धीकरण गरेको आरोप छ । प्रहरीले उनीमाथि थप अनुसन्धान अघि बढाइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय